arrow

बाजुरामा गोली लागेर एक जनाको मृत्यु, मतदानस्थलमा तनाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
bajura-district.png

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका ७ मा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

मतदानकेन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय युवा सुरेन्द्र ऐडीको मृत्यु भएको हो । 

यो घटनापछि मतदानस्थलमा तनाव देखिएको छ । स्थानीयले सुरक्षाकर्मी विरुद्ध नाराबाजी गरिरहेका छन् ।  

मतपेटिका संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । एक जना शिक्षकलाई पाखुरामा गोली लागेको छ । 

घाइतेलाई गृहमन्त्रालयको आदेशपछि घाइतेलाई हेलिकोप्टरबाट उपचारका लागि लगिएको छ ।

मतपेटिका र मतदान गराउने टोलीलाई सुरक्षाकर्मीको टोलीले घेरा हालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ