arrow

५६ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
voting-apangata-2079.jpg
सुनसरीको कोसी गाउँपालिका–२ स्थित कोसी मावि मतदान केन्द्रमा मतदान गर्न आएका अशक्त ज्येष्ठ नागरिक ।

लमजुङ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ७४  हजार  ६ सय ५२ मत खसेको छ । जिल्लामा  ३९ हजार ९ सय २० महिला  र  ३४ हजार ७ सय ३२ जना पुरुषले मतदान गरेका छन् । 

लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।   
लमजुङमा प्रतिनिधि सभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधि सभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ