arrow

करिब ६० प्रतिशत मत खस्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
matadata-bridddha-2079.jpg
तस्बिर– काठमाडौंको वनस्थलीस्थित मतदान केन्द्रमा मतदान गर्न आएकी वृद्धा ।

काठमाडौं । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।

केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन् । मधेस प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ । 

हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ । दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । 

बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ