arrow

काठमाडौंको मतगणना १० स्थानमा छुट्टाछुट्टै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
voter-kimathanka-2079.jpg
तस्बिर – सङ्खुवासभाको खाँदबारी नगरपालिका–३, महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ मतदान केन्द्रमा मतदान गर्न आएका मतदाता ।

काठमाडौं । काठमाडौं जिल्लाको मतदान सकिएसँगै मतगणनाको तयारी हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना छुट्टाछुट्टै १० ठाउँमा हुने जनाएको छ । 

जसअनुसार काठमाडौं क्षेत्र नं १ को मतगणना संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नं ५ को टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं ६ को धर्मस्थलीमा, क्षेत्र नं ७ को बालाजुको जुडो हलमा, क्षेत्र नम्बर ८ को स्वयम्भुको गीतामाता स्कुलमा, क्षेत्र नम्बर ९ को नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुँदैछ । 

अहिले मतपेटिका संकलनको क्रम चलिरहेको छ । प्रक्रिया पूरा गरी आजैबाट मतगणना शुरु गर्ने तयारी भइरहेको बताइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ८ बजेदेखि मतगणना शुरु हुने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ