arrow

मोरङमा शान्तिपूर्ण रुपमा मतदान

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ४ आइतबार
voting-shekhar-koirala-2079.jpg

मोरङ । मोरङ प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा भएको छ । मोरङको बुढीगंगा गाउँपालिका १ मा भएको शंकास्पदक वस्तुको विस्फोटन बाहेक शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । 

साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भए पनि मतदान केन्द्रमा लाइन बसेका मतदाताले पछिसम्म पनि मत हाले । विविध कारणले केही समय अवरोध भएका मतदान केन्द्रमा मतदान सकिने क्रममा छ । 

मतदान सकिएका ठाउँबाट भने अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ। मोरङमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र ६ र प्रदेश सभाको १२ वटा निर्वाचन क्षत्रे रहेको छ ।

मोरङको निर्वाचन क्षेत्र नं ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए ।

मोरङ क्षेत्र नं १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं २ को रतुवामाइ नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने भएको निर्वाचन अधिकृत ढुङ्गेलले जानकारी दिए । 

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठाबाट मतगणना स्थल बनाइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ