arrow

 ७३ प्रतिशत मत खस्यो मनाङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
mahila-matada-2079.jpg
काठमाडौँ काडाँघारीको गान्धी आर्दश उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा महिला मतदाता लामबद्ध।

लमजुङ ।  हिमालपारीको जिल्ला मनाङमा  मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ । 

जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ ।  जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् । 
मनाङको २९ वटा मतदान केन्द्रमा  शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार  मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ