arrow

कपिलवस्तुमा ६५ प्रतिशत मात्र मत खस्यो, तीन ठाउँमा मतगणना

logo
मणि गैह्रे, 
प्रकाशित २०७९ मंसिर ४ आइतबार
matpatra-sankalan-galkot-2079.jpg
बागलुङ नगरपालिका–२ स्थित बालमन्दिर मतदान केन्द्रमा मतदान सम्पन्न पश्चात मतपेटिका सिल पश्चात गणनाका लागि लगिंदै ।

कपिलवस्तु । कपिलवस्तुमा ६५ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजिव पन्थीले बताए । 

सबै ठाउँको विवरण आउने क्रम रहेकाले अझै केही बढ्न सक्ने उनले बताए । मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकोले सर्वदलीय तथा सर्वपक्षिक वैठक पछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए । जिल्लाको क्षेत्र नं १ को बाणगंगा मावि जगेहेडा, क्षेत्र न २ को कपिलवस्तु नगरपालिका सभाहल तौलिहवा र क्षेत्र नं ३ को राष्ट्रिय मावि चन्द्रौटामा मतगणना हुने जनाइएको छ ।  

जिल्लामा २ सय ३५ मतदान स्थलमा ४ सय ७३ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा स्थितिलाई हेरेर २८ मतदान स्थललाई अति संवेदनशील, १०७ लाई संवेदनशील बाँकी सामान्यमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको थियो । 

जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ