arrow

देउवाले भने- निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो, धन्यवाद !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
deuba-election.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई विशेष धन्यवाद समेत दिएका छन् ।

आइतबार देशभरका केही बुथ बाहेकमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि साँझ सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै देउवाले धन्यवाद एवं आभार व्यक्त गरेका हुन् ।

यस्तै प्रधानमन्त्री देउवाले निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकहरुलाई समेत धन्यवाद एवं आभार व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ