arrow

धनुषामा खस्यो ६२ प्रतिशत मत 

logo
निरञ्जन साह, 
प्रकाशित २०७९ मंसिर ४ आइतबार
matpatra-dhanusha-2079.jpg

जनकपुरधाम । धनुषामा ६२ प्रतिशत मत खसेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६२ प्रतिशत मतदाताले मतदान गरेका छन् । 

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको बताए । उनले अब केहीबेरमा मतपेटी ढुवानी गरिने बताए ।

‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भएको छ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका थियौं । मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तैनाथ राखिएकोले अब केहीबेरपछि ढुवानी गरिने भएको छ ।’

जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन् ।

जिल्लामा अतिसंवेदनशील १९४, संवेदनशिल १११ र १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।

प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ