arrow

मतपेटिका ढुवानी जारी, काठमाडौं लगायतमा रातिदेखि मतगणना, १५ स्थानमा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dinesh-thapaliya-election-commission.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपेटिका ढुवानी भइरहेको बताएका छन् । उनले मतपेटिका संकलन भइसकेपछि दलीय सहमतिका आधारमा मतगणना थालिने बताएका छन् । उनले हिमाली जिल्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत भोलि दिउँसोसम्म सदरमुकाममा मतपेटिका ल्याएर गणना थाल्ने बताए । 

काठमाडौं लगायतका क्षेत्रमा आजैरातिदेखि मतगणना थालिने उनले जानकारी दिए । बाजुरामा दोहोरो झडप हुँदा एक जना सर्वसाधारणको मृत्यु भएको थपलियाले जानकारी गराए । 

उनले बिहानसम्म उत्साहपूर्ण तरिकाले मतदान नभएको भए पनि मध्यान्हपछि उत्साहजनक मतदान भएको जनाए । 

उनले करिब ६१ प्रतिशत मत खसेको जनाएका छन् । १५ ठाउँमा भने आज मतदान स्थगित भएको छ । 

थपलियाले चारै वटा मतगणना सँगसँगै गर्ने जनाएका छन् । स्थगित भएका जिल्लाहरुमा अधिकांशमा भोलि नै गरिने जनाए । 

उनले बेलुकी गरेको पत्रकार सम्मेलनमा संचारकर्मीहरुसँग आठ दिनभित्रमा मतगणना सक्ने लक्ष्य लिइएको दोहोर्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ