arrow

देशभरमा करिब ६१ प्रतिशत मात्रै मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-dinesh-kumar-thapaliya.jpg

काठमाडौँ । निर्वाचन आयोगले देशभरमा करिब ६१ प्रतिशत मात्रै मतदान भएको जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो । आयोगले करिब ७० प्रतिशत मत खस्ने अनुमान गरेको थियो ।

निर्वाचन सकिएपछि आइतबार साँझ प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले मतदान हुन नसकेका देशका १५ स्थानबाहेक अन्तको प्राप्त मतदान तथ्यांक अनुसार करिब ६१ प्रतिशत मत खसेको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ