arrow

मकवानपुरमा ५९ प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
makwanpur.jpg

मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्म भएको थियो । जिल्लाको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् ।

जसमा पुरुष ९२ हजार ८७७, महिला ८५ हजार ४ सय जना र अन्य ५ जना गरी एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । यो कुल मतदाता सङ्ख्याको ५९ प्रतिशत मत हो ।

मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् ।

जिल्लाको दुवै क्षेत्रको मतगणना भने सोमबार बिहान १० बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिएका छन् । मतपेटिका आउन राती अबेरसम्म लाग्ने भएकाले सोमबार सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने उनले बताए ।

मकवानपुरका ७ वटा मतदान केन्द्रबाट मतपेटिका छिमेकी जिल्ला हुँदै ढुवानी गर्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ । बकैया गाउँपालिकाको २ वटा केन्द्रबाट रौतहट र बारा जिल्ला हुँदै र राक्सिराङ गाउँपालिकाको ५ वटा केन्द्रको मतपेटिका चितवनको भण्डारा हुँदै ढुवानी गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत निरौलाले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ