arrow

नवलपरासी पश्चिममा ७२ प्रतिशत मत खस्यो

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ मंसिर ४ आइतबार
nawa3-aras5--asxh50.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लामा कुल ७२ प्रतिशत मत खसेको छ । जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि भएको निर्वाचनमा १ लाख ७२ हजार ३८४ जनाले मतदान गरेका हुन । 

जसमध्ये ८१ हजार ९१५ जना पुरुष र ९० हजार ४६६ जना महिला तथा ३ अन्य रहेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

जिल्लामा १२० मतदान स्थलमा २८७ स्थायी र एउटा अस्थायी (जिल्ला कारागार) केन्द्र रहेका छन् । दुई प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिममा कुल दुई लाख ४० हजार ९३० मतदाता रहेका छन् । जसमा पुरुष एक लाख २१ हजार ८६१ , महिला एक लाख १९ हजार ६५ र अन्य ४ जना मतदाता छन् ।

जिल्लाको क्षेत्र नं १ मा कुल मतदाता एक लाख १८ हजार २५० र क्षेत्र नं २ मा एक लाख २२ हजार ६८० मतदाता रहेका छन् ।

नवलपरासी पश्चिममा मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट सकिएको प्रशासनले जनाएको छ । राजनीतिक दलहरूको सहमति भए आजै रातिबाट मतगणना शुरु गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ