arrow

स्थगन भएका मतदान केन्द्रमा दुई दिनभित्र मतदान गरिसक्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
election-dinesh-kumar-thapaliya1.jpg

काठमाडौं । निर्वाचन आयोगले विभिन्न विवादका कारण मतदान स्थगीत एवं रद्द भएका मतदान केन्द्रमा दुई दिनभित्र निर्वाचन गरिसक्न निर्देशन दिएको छ ।

आइतबार देशभरका ४ जिल्लाका १५ स्थान भन्दा बाहेकमा प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनपछि आइतबार साँझ पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन् ।

उनले भनेका छन्, 'स्थगन अथवा रद्द भएका मतदान केन्द्रमा  आवश्यक तयारी गरी दुई दिनभित्रमा पुनस् मतदान गराउने निर्णय गरीसक्न उपयुक्त व्यवस्था मिलाउनका निम्ती सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ ।'

यस्तै उनले देशभरबाट मिलेको प्रारम्भिक तथ्यांक अनुसार देशभरमा करिब ६१ प्रतिशत मत खसेको बताएका छन् । सबै विवरण आइसकेपछि यो संख्या केही प्रतिशत बढ्नसक्ने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ