arrow

उपसभापति गुरुङले दाबी गर्दै भने – कांग्रेस पहिलो पार्टी बन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
dhanaraj-gurung.jpeg
तस्बिर – फाइल ।

वालिङ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आइतबार सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता गुरुङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसद्मा उपस्थित हुने बताए । 

उनले स्याङ्जाका मतदानस्थलहरूमा पुग्दा कांग्रेसको पक्षमा मतदाताहरू सकारात्मक रहेको पाएको बताए । “स्याङ्जाका केही ठाउँमा सामान्य विवाद, झैझगडाहरू भएका छन्, असामान्य केही पनि भएको छैन र निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ”, उनले भने, “स्याङ्जामा जस्तै देशैभर मतदाताहरूमा कांग्रेस पार्टीप्रति यही खालको सकारात्मक उत्साह र परिणाम छ भन्ने विश्वासमा छु, तसर्थ  संसद्मा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा उपस्थिति जनाउँछ ।”

मतदानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, निर्वाचनमा खटिने कर्मचारीलगायत सबैप्रति उनले आभार प्रकट गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ