arrow

ललितपुर र भक्तपुर २ मा मतगणना जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

काठमाडौं । हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा रातिदेखि मतगणना जारी छ । 

ललितपुरको मतगणना राति साढे २ बजेदेखि शुरु भएको हो भने भक्तपुरको राति २ बजे मतगणना शुरु भएको हो ।

 ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा र भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा मतगणना भइरहेको छ । 

ललितपुरमा ५८ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार र नेकपा एमालेका प्रेमबहादुर महर्जन प्रतिस्पर्धामा छन् ।

भक्तपुरमा करिब ७२ प्रतिशत मत खसेको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीबीच प्रतिस्पर्धा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ