arrow

मानुषी रहेको काठमाडौं ७ मा मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
manushi-bhattarai.jpg

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईको निर्वाचन क्षेत्रमा मतगणना शुरु भएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना केही समय अघि शुरु भएको हो । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना शुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए । 

चार स्थानमा मतगणना शुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् । 

मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको निर्वाचन अधिृकत श्रेष्ठले जानकारी दिए । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक-एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको थियो । 

सो क्षेत्रमा गठबन्धनका तर्फबाट मानुषी यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ