arrow

मधेसका जिल्लामा ८ बजेपछि मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-final1.jpg

काठमाडौं । मधेस प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज बिहानदेखि मतगणनाको प्रक्रिया शुरू हुँदै छ । 

प्रदेशका आठ वटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ ।

धनुषामा आजै रातिदेखि मतगणनाको प्रक्रिया शुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका सङ्कलन र रुजु गर्ने काम जारी रहेकाले बिहानदेखि मात्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

यसै गरी सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सम्भवतः बिहान आठ बजेपछि मात्रै मतगणना सुरू हुने हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ