arrow

ललितपुर २ मा एमाले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-lalitpur-2.jpg

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाको मतगणनामा नेकपा एमाले अगाडि रहेको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा भइरहेको मतगणनामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन अघि रहेका हुन् । 

हालसम्म ४ हजार ७ सय ८८ मतगणना भएको छ । त्यसमा एमालेका उम्मेदवार महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्। 

त्यस्तै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ सय ९७ मत ल्याएका छन् । महर्जनका प्रतिस्पर्धी मानिएका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन भने तेस्रो स्थानमा रहेका छन् । उनले ७ सय ७७ ल्याएका छन् । 

साथै राप्रपा रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्। ललितपुरमा ५८ प्रतिशत मत खसेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ