arrow

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको प्रहरीको जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।” 

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ