arrow

सर्वदलीय बैठकपछि चितवनमा मतगणना हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

चितवन । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ । 

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिँदै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ बजे सर्वदलीय बैठक बोलाएको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ । 

जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् । 

क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । 

जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । उनीहरू मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।  १ सय ६१ मतदान स्थलमा  ४ सय ६० मतदान केन्द्र रहेका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ