arrow

हेलिकप्टर नभएपछि मतपेटिका ल्याउन दुई दिन लाग्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

ताप्लेजुङ । ताप्लेजुङका केही मतदान स्थानका मतपेटिका आइपुग्न दुई दिन लाग्ने भएको छ। हिजो भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपेटिका ल्याउन हेलिकप्टर उपलब्ध नभएपछि त्यत्रो समय लग्ने भएको हो । 

जिल्लाका फक्ताङलुङ गाउँपालिका-६ लेलेपको घुन्सा, ग्याब्ला, वडा नम्बर७ ओलाङचुङगोला र याङका मतपेटिका ल्याउन दुई दिन लाग्ने भएको हो । ओलाङचुङगोला र ग्याब्लाको मतपेटिका सोमबार रातिसम्म आइपुग्ने भए पनि याङमा र घुन्साको मतपेटिका आउन मङ्गलवार रातिसम्म लाग्न सक्ने देखिएको छ ।

मतपत्र समयमा नआए बुधवार देखी मात्रै गणना हुन सक्ने बताइएको छ । याङमा पुग्न निर्वाचन टोलीलाई चार दिन लागेको थियो । जिल्लाभर ५४.७७ प्रतिशत मत खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ