arrow

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा एमाले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

ललितपुर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले शुरुआती अग्रता लिएका छन्  । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । 

सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
उता ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् भने लौरो चिन्ह ले ८९७ र  कलमले ७७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै,  लतिलपुर–३  मा अमृत खडकाले  ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌ तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ