मुस्ताङमा कांग्रेसका थकाली अगाडि, एमालेका तुलाचन ३७८ मतले पछाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
782
Shares
मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मतसहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहेका छन ।
उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।