arrow

काठमाडौं १ को मतगणना संसद् भवनमा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
katm-1.jpg

काठमाडौं । काठमाडौं १ को मतगणना सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । मतगणना ९ बजे देखि शुरु भएको हो । 

काठमाडौं १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह मैदानमा छन् । काठमाडौं १ सिंहको पकड क्षेत्र हो । 

सिंहसँगै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र मुख्य प्रतिस्पर्धी रहेका छन् । 

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ