arrow

दार्चुलामा व्याँसको मतपेटिका पुगे लगत्तै मतगणना हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
darchula.jpg

काठमाडौं । दार्चुलामा बिहान ९ बजेसम्म प्राप्त जानकारी अनुसार अहिलेसम्म १३९ मतदान केन्द्रको मतपेटिका मतगणनास्थल महेन्द्र नमुना माविमा आइपुगेको छ । 

व्याँस गाउँपालिकाको चार केन्द्रको मतपेटिका बाटोमा रहेको ती मतपेटिका खलङ्गा पुगे लगत्तै मतगणना सुरु हुने भएको छ ।

सबै मतदान केन्द्रको मतपेटिका आइपुगे लगत्तै सर्वदलीय बैठक बबसेर मतगणना सुरु गर्ने तयारी रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि दार्चुलामा ६५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दार्चुलाको मतदाता सङ्ख्या र खसेको मतको प्रारम्भिक विवरण अनुसार ८९ हजार १५४ मतदाता रहेकोमा ५८ हजार ५८ अर्थात् ६५ प्रतिशत बढी मत खसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ