arrow

डडेल्धुरामा शुरु भएन मतगणना, ११ बजे बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
Dadeldhura-hamrakura.jpeg

काठमाडौं । प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनको मतगणना डडेल्धुराको अझै शुरु हुन सकेको छैन । 

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतपेटिका अझैं पुगिन नसकेको बताउँदै सबै मतपेटिका ११ बजे पुग्ने र त्यसपछि सर्वदलिय बैठक बसेर छलफल भएपछि मतगणना सुरु हुने बताएका छन् ।

डडेल्धुराको मतगणना जिल्ला अदालतमा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र स्वतन्त्र उम्मेदवार सागर ढकाल उम्मेदवार रहेको डडेल्धूराको मतगणना महत्वपूर्ण चासोको साथ हेरिने देखिन्छ ।

वाग्लेले एक निवेदन नै जारी गर्दै राजनीतिक दलका उम्मेदवार एवं प्रतिनिधिहरुलाई सर्वदलिय बैठकमा उपस्थितीका लागि आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ