arrow

विनोद चौधरीको क्षेत्रमा १२ बजेपछि मात्र मतगणना हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
binod-chaudhary-2079-07-29.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी उठेको नवलपरासी पश्चिम १ मा आज १२ बजेपछि मात्रै मतगणना शुरु हुने भएको छ। 

सङ्घ र प्रदेशको छुट्टा छुट्टै मतगणना गर्ने तयारी रहेकोमा पछि सङ्घ र प्रदेशको प्रत्यक्ष र समानुपातिक एकै पटक ४ वटा ठाउँमा मतगणना गर्नको लागि ठाउँ परिवर्तन हुँदा मतगणना गर्न ढिला हुने भएको हो ।

निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले १२ देखी १ बजेको बीचमा मतगणना शुरु भइसक्ने बताएका छन् ।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद कुमार चौधरी र एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी मुख्य प्रतिस्पर्धामा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ