arrow

बैतडी जिप दुर्घटना: ज्यान गुमाउने ४ जनाकै पहिचान खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
baitadi-jeep.jpg

काठमाडौं । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जनाकै सनाखत भएको छ ।

सबै नेपाली प्रहरीका कर्मचारीहरू रहेको जीप दुर्घटनामा परी थप ९ जना  घाइते भएका थिए । तीममध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउद रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताएका छन् ।

३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने, एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर ल्याइएको छ भने, अन्य गम्भीर घाइतेलाई पनि हेलिकप्टरबाट फेरि कोहलपुर ल्याइने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ