arrow

उपेन्द्र यादव भन्दा सिके राउत अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
upendra-yadav-ck-raut-jayprakash-thakur.jpg

काठमाडौं । रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको सप्तरी क्षेत्र २ को मतगणनामा जनमत पार्टीका सिके राउत अघि निस्किएका छन् । 

 सप्तरी २ मा १ सय मत गनिदा राउतले ५१ मत पाएका छन्। भने उनलाई लोसपाका जयप्रकाश ठाकुरले पछ्याइरहेका छन् । ठाकुरले २५ मत पाएका छन्। यता जसपा अध्यक्ष उपेन्द्र यादव २४ मतका साथ तेस्रो स्थानमा रहेका छन् । 

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले-जसपा गठबन्धनबाट जसपा अध्यक्ष यादव, जनमत पार्टीका अध्यक्ष डा राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघिको निर्वाचनमा यस क्षेत्रबाट यादव विजयी भएका थिए । यस क्षेत्रमा अध्यक्ष द्वय यादव, डा राउत र ठाकुरबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ