arrow

काठमाडौं ३ मा मतगणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-final1.jpg

काठमाडौं । बिहान नौ बजेदेखि सुरु भएको काठमाडौं क्षेत्र नं ३ को मतगणना जारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ । 

बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन् ।

 यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ