भक्तपुर २ मा कांग्रेसका दुर्लभ अगाडि, एमालेका महेश आठ सय मतले पछाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रतालाई बढाउँदै लगेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई आठ सय मतले पछि पारेका छन् ।
थापाले ४२ सय मत ल्याउँदा बस्नेतले ३४ सय मतमात्र पाएका छन् । निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए।