arrow

कांग्रेसले मुस्ताङबाट खोल्यो खाता : २८ वर्षीय योगेश थकाली निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
yogesh-gauchan-mustang.jpg

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । 

प्रतिनिधि सभामाको एक मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका युवा नेता २८ वर्षीय योगेश गौचन थकालीले एमालेका उम्मेदवार ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

कांग्रेसका गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाकी छ । योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ