arrow

रुपन्देही ५ मा मतगणना शुरु 

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-final1.jpg
तस्बिर – फाइल ।

रुपन्देही । रुपन्देही जिल्लाको क्षेत्र न‌ ५ को मतगणना शुरु भएको छ । सर्वदलीय बैठकपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु गरिएको निर्वाचन अधिकृत प्रमुख चिन्तामणि शर्माले जनाए । 

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका वासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा रहेका छन् । 

प्रदेशसभा सदस्यमा गठबन्धनका फखरुद्धिन खाँन, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा रहेका छन् । एक लाख २९ हजार १ सय ३५ मतदाता रहेको उक्त क्षेत्रमा ८५ हजार ७ सय३६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ