arrow

रुपन्देही ४ मा मतगणना शुरु 

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-final1.jpg


रुपन्देही । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र न‌ ४ को मतगणना शुरु भएको छ । जिल्लाको कोटहीमाई गाउँपालिकाको भवनमा मतगणना शुरु गरिएको हो । 

सोमबार बिहान साढे ९ बजेदेखि मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।

यो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा रहेको छ । सो क्षेत्रमा ७७ हजार ६४ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ