arrow

नवराज अघिअघि, उदय पछिपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-lalitpur-1.jpg

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ मा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल अग्रस्थानमा रहेका छन् । अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये एमालेका उम्मेदवार सिलवालले एक हजार दुई सय ९५ मत प्राप्त गरेका छन् । 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबरा राणा सात सय पाँच मत सिलवाललाई पछ्याइ रहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ । अन्य चुनाव चिन्हले १० मत प्राप्त गरेका छन् भने ९४ मत बदर भएको छ । ललितपुर १ मा जम्मा ७४ हजार तीन सय ३९७ मतदाता रहेकोमा ५० हजार सात सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ