arrow

अछाम-१ को मतगणना दिउँसो ३ बजेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
achham-map.png
फाइल तस्बिर

काठमाडौँ। अछाम-१ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ। भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए।

क्षेत्र नम्बर -२ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए। अछामका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी जिल्ला सदरमुकाम मङ्गलसेन पुर्‍याइएको छ। अछाममा दुई वटा निर्वाचन क्षेत्र छन्।

अछाम-१ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिस्पर्धा छ। यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली काँग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ