arrow

अछाम १ को मतगणना दिउँसो ३ बजे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
achham-map.png

काठमाडौं । सर्वदलीय बैठकले अछाम १ को मतगणना दिउँसो ३ बजेपछि गर्ने निर्णय गरेको छ।

अछाम क्षेत्र नम्बर २ को मतगणनाबारे भने, अहिले कुनै जानकारी आएको छैन ।

अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।

अछाम १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहोराबीच प्रतिष्पर्धा रहेको छ । यस्तै अछाम २ मा एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच प्रतिस्पर्धा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ