arrow

काठमाडौं ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-kathmandu-8-rsp.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठ ६०७ मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएर दोस्रोमा छन्।

यो क्षेत्रमा नेकपा एमालेका शिवसुन्दर राजवैद्य ३०५ मतसहित तेस्रो स्थानमा छन्। अर्कातिर बहालवाला पर्यटनमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीवनराम श्रेष्ठ २१३ मतसहित चौथो स्थानमा छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मतसहित पाँचौँ स्थानमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ