arrow

काठमाडौं ९ मा एमाले उम्मेदवारको तीन मतको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
krishna-gopal-shrestha-ncp.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ तीन मतले अगाडि रहेका छन् । 

 श्रेष्ठ पाँच सय ६४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गरि पछ्याइ रहेका छन् । 

नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन् । 

उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ