शेखर कोइराला र लालबाबु पण्डितको क्षेत्रमा मतगणना शुरु
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
703
Shares
काठमाडौँ। प्रतिनिधिसभा सदस्यतर्फ मोरङ क्षेत्र नम्बर ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा सुरु भएको छ। सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी रहेको यो क्षेत्रको मतगणना चासोका साथ हेरिने देखिन्छ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पण्डितले कोइरालालाई पराजित गरेका थिए। मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । अन्य क्षेत्रको मतगणना पनि सुरु हुने क्रममा छ।