arrow

काठमाडौं १० मा राजेन्द्र अघि, घण्टी दोस्रोमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-kathmandu-10-congress-rsp-uml.jpg

काठमाडौं । काठमाडौं संसदीय क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसी अघि रहेका छन् । कांग्रेसको पकड क्षेत्र मानिएको क्षेत्र नम्बर १० मा केसीले राम्रो सुरुवात गरेका छन् । केसीले एक हजार ८० मत पाएका छन्।

उनको पछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट रहेका छन् । विष्टले ६८५ मत ल्याएका छन्। यसै गरी नेकपा एमालेका हिमेश केसी ६७२ मतसहित बिष्टलाई पछ्याउँदै छन्। त्यस्तै माओवादीकी अञ्जना विशंखेले ४८५ मत ल्याएकी छन्।

केसीले २०७४ को संसदीय निर्वाचनमा यस क्षेत्रबाट जित हात पारेका थिए । केसीले सो समय २४ हजार १ सय ९० मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ