arrow

कैलाली निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

सुदूरपश्चिम । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ ।
  
निर्वाचन क्षेत्र १ को मतगणना ११:१५ बजेदेखि सुरु भएको छ । क्षेत्र नं ४ को मतगणना केही समयपछि सुरु हुन लागेको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए । 

मतगणना सुरु भए पनि गणना भएको मतपरिणाम सार्वजनिक गरिएको छैन ।  सर्वदलीय बैठकमा वडा तहअनुसारको मतगणना गर्नुपर्ने  नेपाली कांग्रेसको मागमा सहमति जुट्न नसक्दा निर्वाचन क्षेत्र नं ५ को मतगणना अझै सुरु हुन सकेको छैन ।
  
निर्वाचन क्षेत्र नं २ मा मध्याह्नसम्म पनि सर्वदलीय बैठक जारी छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकामा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ । प्रतिनिधिसभामा ४८ र प्रदेशसभामा ७८ उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ