arrow

विष्णु पौडेलको क्षेत्र रुपन्देही २ मा शुरु भयो मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election 2079.jpg

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बुटवल उपमहानगरको पुरानो प्रशासनिक भवनमा सुरु भएको छ ।

चारैवटा ठाउँमा गणना स्थल बनाएर दुबै तहका प्रत्यक्ष र समानुपातिक तर्फका मत पत्र एकैपटक गणना सुरु भएको निर्वाचन अधिकृत उद्विर नेपालीले बताएका छन् ।

बिहान ११ बजेदेखि मतगणना गर्ने भनीएकोमा सर्वदलीय बैठक लम्बिएपछि गणनामा केही ढिलाई भएको हो। 

मतगणनाको सुरुमा सरस्वती माध्यमिक बुटवल १ र न्युलाइट मावि तिलोत्तमाको पाँचवटा मतपेटिका खोलिएको छ।

यो क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा उम्मेदवार रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ