- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । प्रतिनिधि सभा अन्तर्गत चितवन २ को मतगणना जारी रहेको छ । मतगणना अनुसार तीन सय मत गन्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल अग्रस्थानमा छन् । यसअघिका विजेता पोखरेलले १५० मतसहित अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मात्र २५ मत मात्र पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना शुरु गरिएको हो ।
रास्वपाले शहरी क्षेत्रमा आक्रामक शुरुआत गरिरहँदा रविले पनि अग्रता लिने अपेक्षा गरिएको छ । तर शुरुआती अग्रता भने एमालेले लिएको छ ।