arrow

सीकेको अग्रता कायमै, दाजु तेस्रो स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
ck-daju.jpg

 काठमाडौं । सप्तरीको क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो अग्रता कायमै राखेका छन् ।

राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि जारी क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले दुई हजार ४०२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७ सय ६८ मत प्राप्त गरेका छन् । 

यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले ५ सय ५० मत ल्याएर तेस्रोमा छन् । 

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका थिए । तर पछिल्लो मत परिणााम अनुसार दाजु जयकान्त राउत तेस्रो स्थानमा पुगेका छन् । 

 सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु जयकान्त राउतले चार सय ४३ मतका साथ तेस्रो स्थानमा रहेका छन् । 

 उनी भन्दा माथि ६ सय ९२ मतका साथ नेपाली कांग्रेसका रामदेव साह र ४७८ मतका साथ जसपाका नवलकिशोर सुडि रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ