arrow

रुपन्देहीको ४ मा मतगणना सुरु, लोसपाका शुक्ला अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-rupandehi-4-losapa-congress.jpg

भैरहवा।  रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । दिउँसो सुरु भएको मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन्।

यसै गरी, प्रतिनिधिसभा सदस्यतर्फ काँग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादव ३१ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. ४ 'क'मा प्रदेशसभा सदस्य पदका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कन्हैया बनियाँ ११०९, काँग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. ४ 'ख'मा प्रदेशसभा सदस्य पदका काँग्रेसका उम्मेदवार बसीउद्दीन खाले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन सिंह ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ