arrow

प्रधानमन्त्रीको गृह जिल्लामा थालियो मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
deuba-election.jpg

डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । 

आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६.६४ प्रतिशत मत खसेको हो ।

जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको  मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ । 

प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा छन‍् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ