arrow

रौतहटको तीन क्षेत्रमा मतगणना शुरु, दुईको शुरु हुन सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
rautahat-3.jpg

रौतहट । रौतहटको क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको ३ घण्टा पछि १ र २ नम्बर क्षेत्रको भर्खर मतगणना शुरु भएको छ । क्षेत्र नम्बर २ को समाचार तयार पार्दा सम्म मतगणना शुरु हुन सकेको छैन । 

क्षेत्र नम्बर १ मा नेकपा समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेकपा एमालेका अजय कुमार गुप्ताबिच चुनावी टक्कर छ । 

त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभु साह र अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालबिच कडा टक्कर छ । 

त्यस्तै क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना र नेकपा एमाले बिच प्रतिस्पर्धा भई रहँदा तिमल्सिनाले ५ सय मतले अग्रता लिएका छन् । 

उता क्षेत्र नम्बर ४ प्रदेश सभा (क) मा माओवादी केन्द्रका युवराज भट्टराई ६ सय मत ल्याएर अग्र स्थानमा छन् भने समाजवादीका बालकृष्ण श्रेष्ठले ३४९ र एमालेका उम्मेदवार अखिलेस्वर कुमार चौधरीले २८३ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ