arrow

प्रकाशमानलाई उछिने रविन्द्रले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-1-congress-rpp-uml.jpg

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी का रविन्द्र मिश्रले अग्रता लिएका छन् ।

राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाएका छन् ।

 नेकपा एमालेका किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेदवार छन् । 

यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ